टिसिएलले ल्यायो “अजम्बरी खुशी“ योजना

टिसिएलले ल्यायो “अजम्बरी खुशी“ योजना

केन्द्रबिन्दु
0
Shares

ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालीहरुको पर्व दँशै तिहारलाई लक्षित गरेर “अजम्बरी खुशी“ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन्, भने कर्भड टेलिभिजनको खरिदमा रु. १४,७०० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनिपाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको सर्फ एक्सेल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । रेफ्रिजेरेटरको खरिदमा रु. ३५,७०० को छुट पाउन सक्नेछन् । त्यसै गरी एअर कन्डिसनरको खरिदमा रु. ३५,४०० सम्मकोछुटका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन् । 

साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,३०० सम्मकोछुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,७००र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन् । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
 

Skip This
Skip This
Logo