बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको टिकापुरस्थित डिलर जैमिनी अटोमोबाइल्स प्रालिले बजाज प्लाटिना बाइकको माइलेज कन्टेस्ट आयोजना गर्यो ।
यसको पहिलो विजेता टपेन्द्र कुँवरले चलाएको प्लाटिनाले ९५ किलोमिटर माइलेज दिएको घोषणा गरियो। दोस्रो विजेता ऋषभ शाहुले चलाएको बाइकले ९१ र तेस्रो विजेता मोहन गौतमले चलाएको बाइकले ९० किलोमिटर माइलेज दिएको घोषणा गरियो ।
बजाज प्लाटिना बजाजको नेपालमा उपलब्ध कम सीसी क्षमता र सबैभन्दा कम मूल्यको बाइक हो । यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा उपलब्ध प्लाटिना १०० ईएस अधिकतम इन्धन किफायतीपना हुने गरी डिजाइन गरिएको छ । यसमा अलोय ह्विल, सोलिड बिल्ड, एसएनएस सस्पेन्सन र पुस बटन इलेक्ट्रिक स्टार्ट जस्ता प्रविधि समेत जडान गरिएको छ ।
यो बाइकमा भएको १०२ सीसी इन्जिनले ८।०२ पीएस पावर र ८।०६ एनएम टर्क जेनेरेट गर्छ । ११।५ लिटरको इन्धन ट्यांकी भएको यो बाइकको कर्व वेट १०८ किलोग्राम छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
डिजाइन र स्टाइलिस
बजाज प्लाटिना ईएस इन्ट्री लेवलको बाइक भएर पनि यसमा इलेक्ट्रिक स्टार्ट सिस्टम उपलब्ध छ । ग्राफिक टिन्टेड फेडप्रुफ बडी, स्लिक रियर प्यानल र क्रोम हिट शिल्ड सहितको ब्ल्याक साइलेन्सरले यसको डिजाइन र स्टाइललाई थप आकर्षक बनाएको छ ।
एक्जस्टेक सहितको सिंगल सिलिन्डर टु भल्व डीटीएसआई इन्जिन
यसमा डीटीएसआई प्रविधिको सिंगल सलिन्डर टु भल्व इन्जिन छ । बजाजले प्याटेन्ट प्राप्त गरेको यो प्रविधिको इन्जिनका कारण माइनस ५ देखि ५० डिग्री सम्म जुनसुकै मौसममा पनि यो बाइकलाई चलाउन सकिन्छ । यी सबै अवस्थामा सो इन्जिनले उही पावर र माइलेज दिन्छ ।
एसएनएस रियर सस्पेन्सन सहितको हाइड्रोलिक टेलिस्कोपिक फोर्क
यसमा भएका यी प्रविधिका कारण कठिन सडकमा पनि सहज तरिकाले यात्रा गर्न सकिन्छ । लामो दुरीको यात्रामा पनि यसलाई चलाउन सहज हुन्छ ।
फ्रन्ट र रियर ड्रम ब्रेक
यो बाइकको दुवै पांग्रामा ११० एमएमका ड्रम ब्रेक रहेका छन् । यसका कारण सबै राइडिङ कन्डिसनमा बाइकलाई नियन्त्रणमा लिन सकिन्छ ।
१२ भोल्ट डीसी हेडल्याम्प
यो बाइकमा भएको ब्लु–टिङ्ग्ड हेडल्याम्पका कारण रातको समयमा क्लियर भिजिबिलिटी प्रदान गर्छ र यात्रा सुरक्षित हुन्छ ।
पेट्रोलको मूल्य महंगो भइरहेको समयमा इन्धन किफायतीपना भएका यस्ता बाइक चढ्नु निकै नै फाइदाजनक हुन्छ । बजाज प्लाटिना त्यस्तै बाइक मध्ये एक हो ।





























प्रतिक्रिया