राष्ट्रिय युवा संघ नेपालले हरितालिका तीज सरसफाई विशेष कार्यक्रमको आयोजना गरेको छ ।
संघले काठमाडौं उपत्यकामा सञ्चालन गरेको सरसफाई अभियानको दशौं दिन तिज विशेष सरसफाई कार्यक्रमको आयोजना गरी मनाएको हो । संघले नारीहरुको विशेष पर्व तिजको अवसरमा बुधवार सरसफाई अभियानलाई नै तीज विशेष बनाएको हो । उक्त अभियान अन्तर्गत संघले बुधबार जडिबुटीदेखि गठ्ठाघरसम्मको सडकखण्ड सरसफाई गरेको छ ।

युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार हरितालिका तिज सँधै मनाइँदै आएपनि यसपालिको तिज भने फरक किसिमले मनाएको र चलिआएको संस्कृतिलाई जोगाउँन तथा नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्न तीज विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको हो । उनी भन्छन्, ‘हामीले चलिआएको संस्कृतिलाई जोगाउँनका लागि तथा नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि सँधै मनाउँने तिज विशेष कार्यक्रमलाई सरसफाई विशेष कार्यक्रम बनायौँ । २ घण्टा बढी जटिबुटीदेखि गठ्ठाघरसम्मको सडकखण्ड सरसफाई गर्यौ । हामीले सँधै हाम्रो धर्म संस्कृतिलाई जोगाउँदै लानुपर्छ भन्ने तात्पर्यमा यो कार्यक्रम आयोजना गरिएको हो ।’

संघले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरु सहभागि भएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सांसद महेश बस्नेत थिए भने विशेष अतिथिको रुपमा संघका अध्यक्ष किरण पौडेल थिए । कार्यक्रम सञ्चालन गर्दै संघको महिला विभाग प्रमुख क्रान्ति बुर्लाकोटीले यसपालिको तिज विशेष कार्यक्रम अरुबेला भन्दा फरक किसिमले मनाएको र युवा संघ नेपाल देश परिवर्तनको शक्ति भएको बताइन् ।

‘उनि भन्छिन्, राष्ट्रिय युवा संघ नेपाल देश परिवर्तनको शक्ति हो । राष्ट्रिय युवा संघ नेपाल आफ्नो स्थापना कालदेखि जनताको पक्षमा आवाज दिइरहेको छ । पहिलेको तिज र अहिलेको तिज धेरै फरक हुँदै आएको छ । त्यसैले कसरी हाम्रो आफ्नै संस्कृति जोगाउँन सकिन्छ भनेर पनि यो फरक किसिमको कार्यक्रम (सरसफाई) आयोजना गरिएको हो । ’

यस्तै, युवा संघकी पूर्व अध्यक्ष तथा सांसद निरुदेवि पालले तिजको शुभकामना दिदै युवा संघले फोहोर मात्रै नभएर देशका गठबन्धनहरुलाई पनि यसरी नै बढार्दै लाने बताइन् । साथै उनले अगाडि थपिन्, अहिलेको तिज तडकभडकका रुपमा गइरहेको छ । तर, यस्तो गर्नु राम्रो हैन । आफूसँग छ भने तिज मनाउनु होला, नत्र समाजमा देखाउँनको लागि ऋण लिएर तिज मनाउन आवश्यक छैन ।’





































प्रतिक्रिया