कोरोनाबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

कोरोनाबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

कोरोनाका कारण आज पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले यसको जानकारी दिएको हो । आज मृत्यु भएका मध्ये काठमाडौं र धनुषाका दुई पुरुष रहेका छन् ।

भदौ ६ गते अस्पतालमा भर्ना भएर उपचार गराईरहेका काठमाडौंका ७४ वर्षका पुरुषको मृत्यु भएको हो।

त्यस्तै साउन २५ गते देखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनीहरुको मृत्यु भएको अस्पतालले साँझ ६ बजे विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

Skip This
Skip This
Logo