बाराको कलैयामा पुलको रेलिङमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

बाराको कलैयामा पुलको रेलिङमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा गएराती मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् । घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । 

गएराती ९ बजे मटिअर्बाबाट बीरगन्जतर्फ जाँदै गरेको ना १२ प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।

Logo