काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति आर्थिक वर्ष २०७६/७७ मा औसत मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान वित्तीय स्थिति विवरणअनुसार, आर्थिक वर्ष २०७६/ ७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति आर्थिक वर्ष २०७६/७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति २०७७ असारमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । त्यस्तै, क्षेत्रगत उपभोक्ता मुद्रास्फीति आर्थिक वर्ष २०७६/७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.७८ प्रतिशत र सन् २०२० को जुलाईमा भारतमा ६.९३ प्रतिशत रहेको छ ।





























प्रतिक्रिया