फिल्ममा गाडीका साथ अचम्म लाग्दा एक्शन दृश्यहरू फिल्माइन्छ ।
कतिपय स्टन्ट यस्ता हुन्छन्, जसलाई देखेर मानिसको मुख खुला नै रहन्छ ! ‘रोहित शेट्टी’ बलिउडका एक यस्तै निर्देशक मध्येका एक हुन । उनको फिल्ममा गाडी हावामा उडाइएको देख्न सकिन्छ । उनको फिल्महरुमा ‘हीरो’ले सिँढीमा कार चलाएको लगायत विभिन्न कर्तब गरिरहेको देखिन्छ । तर वास्तविक जीवन फिल्ममा देखाए जस्तो हुदैन । यस्तै घटना हालै स्पेनको मड्रिड शहरमा घटेको छ । जहाँ चोरले गाडी चोरी गरी भाग्दै गर्दा उनले चलाएको गाडी सिँढीमा अड्किएको छ ।
जसलाई स्थानीय फायर फाइटरहरूले निकालेका थिए । जसका लागि म्याड्रिड फायर फाइटरहरूले फलामको चेन र क्रेन प्रयोग गरेका थिए ।
यो घटनाको जानकारी सामाजिक सञ्जाल ट्विटरमा मड्रिडको आपतकालीन ट्विटर अकाउन्टबाट सेयर भएपछि सबैतिर भाइरल भएको हो । भाइरल क्लिपमा, सेतो रंगको कार चोरी भएपछि सबवे स्टेशनमा अड्किएको देख्न सकिन्छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
बीबीसी रिपोर्टका अनुसार चोरीको कार प्लाजा इलिप्टिका स्टेशनको भर्याङमा अड्किएको थियो । गाडीका चोर चालकलाई अस्पताल लगिएको छ । प्रहरीले बास्तविक घटना के भएको हो भन्ने खोजी गरिरहेको छ । घटनामा कसैलाई चोट पटक नलागेको बीबीसी रिपोर्टमा उल्लेख छ ।





























प्रतिक्रिया