एनसीसीएस-सिप्यान अवार्ड भदौ २४ गते

एनसीसीएस-सिप्यान अवार्ड भदौ २४ गते

केन्द्रबिन्दु
0
Shares

खेलकुद क्षेत्रको प्रतिष्ठित पुरस्कार 'एनसीसीएस-सिप्यान अवार्ड-२०२२' आगामी भदौ २४ गते वितरण हुने भएको छ । 

अग्रणी शिक्षण समूह एनसीसीएसको प्रायोजन तथा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)को आयोजनामा हुने अवार्ड विभिन्न पाँच विधामा वितरण हुनेछ ।

वर्षभरी उत्कृष्ठ प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न विधामा पुरस्कार प्रदान गर्ने सिप्यानका महासचिव पारस खड्काले जानकारी दिए । खेलाडी छनोटका लागि विज्ञ सम्मिलिन प्राविधिक समिति गठन गरिनेछ ।

तीनै वटा पुरस्कारको राशी जनही १ लाख ३२ हजार छ ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र महाचसचिव खड्काद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा नेपाली क्रिकेटमा उल्लेख्य योगदान पुर्याएका एक खेलाडीलाई विशेष अवाडी २०२२ बाट सम्मान गरिने उल्लेख छ ।

यस्तै वर्ष क्रिकेट खेलाडी पुरुष र वर्ष क्रिकेट खेलाडी महिला २०२२ पनि प्रदान गरिनेछ । यी तीनै वटा पुरस्कारको राशी जनही १ लाख ३२ हजार रहेको सिप्यानले जनाएको छ ।

यस्तै वर्ष उदयीमान क्रिकेट खेलाडीबाट एक जनालाई सम्मान गरिनेछ । यसको राशी ६६ हजार रहेको सिप्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्षभरी उत्कृष्ठ प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न विधामा पुरस्कार प्रदान गर्ने सिप्यानका महासचिव पारस खड्काले जानकारी दिए ।

वर्ष उत्कृष्ट क्षण २०२२ को पुरस्कार भने अनलाइन भोटिङका आधारमा लिइनेछ । मनोनयन सूचीमा परेकामध्ये भोटिङका आधारमा उतकृष्ट क्षणको टुंगो लगाइनेछ । सिप्यानले केही दिनभित्रै उत्कृष्ण क्षणका लागि मनोनयन सूची सार्वजनिक गर्ने जनाएको छ । उत्कष्ट क्षणका विजेताले ६६ हजार नगर पाउनेछन् । 

कोरोना महामारीका कारण सन् २०१९ मा भने एनसीसीएस सिप्यान अवार्ड वितरण हुन सकेन । यद्यपि एनसीसीए समूह र सिप्यानले सम्पूर्ण खेलाडीहरुको प्रतिनिधित्व गर्दै ४ लाख ६२ हजार रुपैयाँ सरकारी कोष कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिदिएको थियो ।

Logo