घरेलु टोली केन्याले दोस्रो टी-२० क्रिकेटमा नेपालसामू सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, नेहेमियाँ ओडिआम्बोले २९ तथा इरफान करीमले २२ रन जोडे ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३-३ विकेट लिए । करण केसीले २ विकेट लिँदा पवन सर्राफको नाममा एक विके रह्यो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
बिहीबार भएको पहिलो खेलमा केन्यालाई पाँच विकेटले हराउँदै नेपालले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।
केन्या भ्रमणका क्रममा नेपालले ५ वटा टी-२० र ३ वटा एकदिवसीय क्रिकेट खेल्नेछ ।































प्रतिक्रिया