‘निक इलेक्ट्रो टेक २०२२’को स्टल बुकिङ खुल्ला

‘निक इलेक्ट्रो टेक २०२२’को स्टल बुकिङ खुल्ला

केन्द्रबिन्दु
0
Shares

उर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दशौँ संस्करण ‘‘निक इलेक्ट्रो टेक २०२२” काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएकोे छ । 

उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक उर्जा खपतको अभिवृद्घि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी मंसीर २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी कक्षमा हुने भएको हो । 

महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्वान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविद्यि, विद्युतीय सवारी साधन तथा वैकल्पीक उर्जा कम्पनीहरू सहभागी हुन सक्ने छन् । 

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ । प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालका अनुसार स्टल बुकिङ गर्न इच्छिुक कम्पनीहरूले निक इलेक्ट्रो टेकमा सम्पर्क गरी जानकारी लिन सक्ने छन् ।
 

Skip This
Skip This
Logo