सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, कतिसम्म पर्छ मूल्य ?

सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, कतिसम्म पर्छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि लाइफ स्टाइलले असोज महिनाका लागि टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला गरेको छ । यो मोटरसाइकल सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहेको छ ।

कम्पनिका अनुसार यस मोटरसाइकलको मूल्य सिंगल व्याट्रीलाई ३ लाख ८० हजार पर्नेछ भने डवल व्याट्रीलाई ४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सिंगल व्याट्रीले १ सय  कि.मि र डवल व्याट्रीले २ सय कि.मि रेन्ज प्रदान गर्नेछ । व्याट्रीलाई फुल चार्ज गर्न ३ देखी ३.५ घन्टा सम्मको समय लाग्नेछ ।

यो मोटरसाइकललाई ग्राहकले शुरुमा २० प्रतिशत रकम डाउनपेमेन्ट गरी वाँकी रकमलाई किस्तावन्दी योजनामा भुक्तानी गर्नेगरी समेत लिन सक्नेछन् । हाल वुकिङ गर्ने ग्राहकले असोज महिनाको पहिलो हप्तामा मोटरसाइकल हात पार्न सक्ने कम्पनिले जनाएको छ । 

आकर्षक लुक्स तथा आधुनिक डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा एलइडी लाइट, एलसिडी डिजिटल डिस्प्ले, स्मार्ट रिमोट की तथा एन्टिथेफ्ट अलार्म, ठूलो आकारको वुट स्पेस, आरामदायी सिट र इन्टेलिजेन्ट लाइट सेन्सिङ टेक्नोलोजी जस्ता फिचर्स समावेश गरिएको छ ।

Logo