मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उदयपुरको  चौदन्डिगढी नगरपालिका–१० इक्राहास्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रदेश १–०५–००१ प ७४८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कटारी नगरपालिका–४ कान्छी बजार बस्ने २४ वर्षीय अविशेक खड्काको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मृतककी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Skip This
Skip This
Logo