सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको   कार्यदलको बैठक आज बून लागेको हो । बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए। सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो । सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने कार्कीको भनाइ छ । 

Skip This
Skip This
Logo