गृह मन्त्रालयद्वारा राहत वितरण गर्दा धानबाली नष्ट गरेको आरोपको खण्डन

गृह मन्त्रालयद्वारा राहत वितरण गर्दा धानबाली नष्ट गरेको आरोपको खण्डन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्रालयले राहत वितरण गर्दा धानबाली नष्ट गरिएको निराधार समाचार सार्वजनिक भएकाे र सामाजिक सञ्जालमा समेत टिकाटिप्पणी गरिएकाे भन्दै खण्डन गरेको छ । गृहमन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो । अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पण भएको थियो । गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । न कि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो । राहत वितरणको क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन् ।’

गत भदौ ३ गते अछामको रामारोशनमा अ‌ाएकाे बाढीका कारण क्षति  भएकाे स्थानमा राहत लिएर भदाै ५ गते गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा स्थायी कमिटी सदस्य भीम रावलसहितको टोली हेलिकोप्टरमा साे क्षेत्रमा गएका थिए । उनीहरु उपस्थित कार्यक्रममा धानबाली नष्ट भएकाे तस्वीर सार्वजनिक भएकाे थियाे ।

Logo