गैरकानुनी कार्य रोक्न मैले कार्यकारिणी अधिकार प्रयोग गरे : मेयर बालेन

गैरकानुनी कार्य रोक्न मैले कार्यकारिणी अधिकार प्रयोग गरे : मेयर बालेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रेस विज्ञप्ती निकाल्दै  महानगरले गैरकानुनी कार्य रोक्न कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।

महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी प्रश्न उठेपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर आफुहरुले काम गरिरहेको बताएका हुन् ।
विज्ञप्तीमा उनले भनेका छन्, ‘गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको पालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।’

मेयर साहले आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी बस्नु उचित नहुने बताउँदै महानगरबाट कार्यकारिणी अधिकार प्रयोग कुन चरणमा हुन्छ भनेर बुझ्न सुझाएका छन् । अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्य रोक्ने अभियान जारी रहने उनको भनाइ छ ।

Logo