कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते

कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते

केन्द्रबिन्दु
0
Shares

कपिलबस्तुको बुद्धभुमी नगरपालिका–१० मा आइतबार भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् । तौलिहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा २ ख ६६६० नम्बरको हाइस र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर आइतबार दिउँसो ठोक्किएका थिए । 

दुर्घटनामा हाइसमा सवार २१ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । दुबै सवारी साधन सहित टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo