विद्यालय बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

विद्यालय बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दको कार्यक्रम स्थगित गरी वार्तामा आउन नेपाल विद्यालय कर्मचारी परिषदलाई आग्रह गरेको छ।

परिषद्ले विभिन्न माग राख्दै देशभरका सामुदायिक विद्यालयमा आजदेखि बन्दको आव्हान गरेपछि मन्त्रालयले आइतबार यस्तो आग्रह गरेको हो।

मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्य सूचीमा समावेश गरिएको जनाएको छ।

​‘समावेश गरिएको सन्दर्भमा सो विषयमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्या समाधान खोज्ने प्रयास जारी छ,’ वार्ता सम्बन्धी सूचनामा उल्लेख छ, ‘ज्ञापन पत्रमा उठाएका मागहरुको विषयमा शिक्षक महासंघमार्फत् वार्तामा सहभागी हुन मन्त्रालय अनुरोध गर्दछ।’

Skip This
Skip This
Logo