दशैँका लागि टिएस स्ट्रिट हन्टरको बुकिङ खुल्यो

दशैँका लागि टिएस स्ट्रिट हन्टरको बुकिङ खुल्यो

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि आधिकारिक वितरक डि लाइफ स्टाइलले दशैंका लागि टिएस स्ट्रिट हन्टरको बुकिङ खुल्ला गरेको छ । 

इलेक्ट्रिक टु ह्विलर सुपर सो व्रान्डको यो मोटरसाइकल सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 सोको मूल्य सिंगल व्याट्रीलाई ३ लाख ८० हजार र डवल व्याट्रीलाई ४ लाख ८० हजार रुपैयाँ पर्नेछ । यो मोटरसाइकललाई कम्पनीले सिमित संख्यामा आयत गरी कारोवार गर्दै आइरहेको छ । हाल बुकिङ लिने ग्राहकले असोज महिनाको पहिलो हप्तामा मोटरसाइकल हात पार्न सक्ने बताइएको छ ।

यो मोटरसाइकललाई ग्राहकले शुरुमा २० प्रतिशत रकम डाउनपेमेन्ट गरी बाँकी रकमलाई किस्ताबन्दिमा भुक्तानी गर्ने गरी समेत लिन सक्नेछन् ।

टिएस स्ट्रिट हन्टरमा ६० भोल्ट २६ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री र ३ हजार ५ सय वाटको वोस्क मोटर जडान गरिएको छ ।

जसमध्ये सिंगल व्याट्रीले १ सय र डवल व्याट्रीले २ सय किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । व्याट्रीलाई फुल चार्ज गर्न ३ देखी ३.५ घन्टा सम्मको समय लाग्नेछ ।

आकर्षक लुक्स तथा आधुनिक डिजाइनमा तयार पारिएको यो मोटरसाइकलमा रेसिङ स्तरको विशेष फ्रेम प्रयोग गरिएको छ ।

वाइकमा एलइडी लाइट, एलसिडी डिजिटल डिस्प्ले, स्मार्ट रिमोट की तथा एन्टिथेफ्ट अलार्म, ठूलो आकारको वुट स्पेस, आरामदायी सिट र इन्टेलिजेन्ट लाइट सेन्सिङ टेक्नोलोजी जस्ता फिचर्स समावेश गरिएको छ ।

मोटरसाइकलको दुवै चक्कामा कम्वी व्रेकिङ विशेषता सहितको डिस्क व्रेक जडान गरिएको छ । १८० एनएम टर्क जेनेरेट गर्न सक्ने यो इलेक्ट्रिक वाइकलाई प्रतिघन्टा ७५ किलोमिटरसम्मको गतिमा हाँक्न सकिने वताइएको छ ।

यो मोटरसाइकललाई कम्पनीले असोज ६ देखी अयोजना हुने नाडा इभी एक्सपोसमा समेत शोकेस गर्ने जनाएको छ ।

Skip This
Skip This
Logo