एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ ।
एएफसी एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रतिबन्धमा रहे पनि खेलमा संलग्न भएपछि एएफसीले एन्फालाई ६ हजार डलर जरिबाना लगाएको हो ।
तेस्रो चरण अन्तर्गत समूह ‘ए’ मा जोर्डन र कुवेत विरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि अल्मुताइरीमाथि एक खेलको प्रतिबन्ध लगाईएको थियो । तर उनी इन्डोनेसिया विरुद्धको तेस्रो खेलमा मैदान र ड्रेसिङ रुममा प्रवेश गरेको पाइएपछि एएफसीले जरिबाना लगाएको थियो ।





























प्रतिक्रिया