त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

केन्द्रबिन्दु
0
Shares

आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । 

पत्रको बोधार्थ प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति र शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपतिलाई समेत दिइएको छ । आइतबार मात्रै त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए । 

त्रिवि उपकुलपति कार्यालयमा विभिन्न माग राखी विद्यार्थी सङ्गठनहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यी मध्ये कतिपयले औपचारिक रुपमा शैक्षिक माग उठाए पनि पदाधिकारीले भेट्दा क्याम्पस प्रमुख र डिनको नियुक्ति जस्ता कुरामा अनावश्यक दबाब दिई त्रिविलाई लामो समयसम्म तालाबन्दीमा राखेको भनाइ त्रिवि नेतृत्वको छ ।

Logo