नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको अन्तिम तथा निर्णायक खेलकाे टी-ट्वान्टीको अन्तर्राष्ट्रियमा पहिला ब्याटिङ गर्ने भएको छ ।
नैरोबीस्थित क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेल जित्नेले टी-ट्वान्टीको अन्तर्राष्ट्रिय सिरिज जित्नेछ ।
आजको खेलमा नेपालको व्याटिङको परिक्षा हुनसक्छ । नेपालको व्याटिङमा स्थिरता देखिँदैन । यसै सिरिजको तेस्रो खेलमा १५६ रनको लक्ष्य भेट्याएको नेपालले चौथो खेलमा १०१ रनको लक्ष्य पनि पूरा गर्न सकेन । साेमबारकाे खेलमा नेपालका लागि अविश्वसनीय रूपमा रोहितकुमार पौडेल एकलाई छाडेर अरू कोही पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।































प्रतिक्रिया