गोल किपर किरण आज लगनगाँठो कस्दै

गोल किपर किरण आज लगनगाँठो कस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग आज लगन गाँठो कस्दैछन् ।

यसअघि सोमबार मेहेन्दी कार्यक्रम भएको छ ।
करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् ।
त्यस्तै उनीहरुले आजको विवाहमा सीमित आफन्तलाई मात्र निम्तो दिएको बताइएको छ । चेम्जोङ लामो समययता नेपाली राष्ट्रिय टोलीमा छन् भने निरौला एती एअरलाइन्सका एअर होस्टेज हुन् ।

यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए। 
माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए, लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए । 
उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए ।

त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए । त्यस्तै कञ्चनले पनि किरणको प्रस्ताव स्वीकारेकी थिइन् ।

Logo