प्रधानन्यायाधीश जबराको बयान : महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो 

प्रधानन्यायाधीश जबराको बयान : महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो 

केन्द्रबिन्दु
0
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय  भइसकेको बयान दिएका छन् । 

बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका हुन् । 

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो । 

समितिलाई बयान दिनेक्रममा जबराले महाअभियोग स्वतः निष्क्रिय  भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् । 

आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकीर गरे । साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ । 

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए । 

Logo