काठमाडौंको बुद्धनगरस्थित एक निर्माणाधीन घरकाे ६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु भएको छ ।
बुधबार साँझ काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट खसेर ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हाे ।
उनीहरु भारत घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने खुलेको तर विस्तृत विवरण नआएकाले घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया