प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमति जुटाउन पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको छलफल विनानिष्कर्ष टुंगेको छ ।
बुधबार साँझ बालुवाटारमा सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित बसेको शीर्ष नेताको बैठकमा सहमति जुट्न नसकेको हो। आजको छलफल सकारात्मक रहेको तर, दलका नेताहरु आआफ्नो अडानमा अडिग रहँदा टुंगो लाग्न भने बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
मुलुकमा प्रतिनिधि सभातर्फ १६५ वटा निर्वाचन क्षेत्र रहेको तर, गठबन्धनमा आबद्ध नेपाली कांग्रेस एक्लैले १०० सिटमा दाबी गरिहेको छ । त्यस्तै, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।































प्रतिक्रिया