केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

वर्षाका कारण आज बिहान करिब ५ : ५० बजेतिर  केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।

Logo