मोटरसाइकल दुर्घटना बाबुछोराको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना बाबुछोराको मृत्यु, दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

बुटवल–१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । 

दुर्घटनामा परि बुटवल १३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फजाँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गुडिरहेको ट्याङ्कर मुनी पर्न जाँदा बाबु–छोराको मृत्यु भएको हो ।  

लु४१प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ क ४४२४ नम्बरको ट्याङ्कर मुनी पुगेको हो। मोटरसाइकलको पछाडि बसेका १५ वर्षीय आयुष आचार्य तथा लु४८प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर भने घाइते भएका छन् । 

बुधवार बेलुका भएको दुर्घटनाका घाइते  दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई वटै मोटरसाइकल र ट्याङ्कर प्रहरीको नियन्त्रणमा छन् ।

Logo