पछिल्लो २४ घण्टामा मुलुकमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १८० जना र एन्टिजेन परीक्षणबाट ८९ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । साथै कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।































प्रतिक्रिया