कलाकार खतिवडालाई मातृशोक

कलाकार खतिवडालाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

कलाकार तथा व्यंग्यकार नारद खतिवडालाई मातृशोक परेको छ । 

खतिवडाकी आमा ७४ वर्षीया सावित्री देवी खतिवडाको बिहीबार दिउँसो निधन भएको हो । सावित्री देवी लामोसमयदेखि पक्षघातबाट पीडित थिइन् । 
 
‘लगातार चार वर्षदेखि अथक प्रयत्नका बावजुद पक्षघातग्रस्त मेरी ७४ वर्षीया वात्सल्यमयी आमा सावित्री देवी खतिवडाको आज भदौ १६ गते अपरान्ह २ः०३ बजेबाट सजीव रहनु भएन, मेरा निम्ति एक्लै बाउ र आमा (कोख र काख) दुबै धान्ने दुस्साहसी मेरी साबित्री डार्लिङ मैले कुन स्पातको मुटु र ह्याउले मलाई चुम्बन गर्ने तिम्रो मुखमा दागबत्ति दिन सकुँला ।’ कलाकार खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् । 

Logo