अल्टिमेटमपछि काठमाडौं फनपार्कले महानगरलाई बुझायो मनोरञ्जन कर

अल्टिमेटमपछि काठमाडौं फनपार्कले महानगरलाई बुझायो मनोरञ्जन कर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई कर तिरेको छ। महानगरपालिकाले कर तिर्न बुधबार २४ घण्टे अल्टिमेटम दिएपछि बिहीबार फनपार्कले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो ।

महानगरले मनोरञ्जन करमा प्रवेश शुल्कको ५ प्रतिशत लिने गरेको छ ।  

फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले बुधबार पत्र पठाएको थियो । तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको थियो । 

फनपार्कले मासिक ५ लाख ५५ हजार रुपैयाँ समाज कल्याण परिषदलाई भाडा दिँदै आएको छ । त्यसको १० प्रतिशत बहाल कर परिषद्ले महानगरलाई तिनुपर्ने हुन्छ । परिषद्ले २०६९ सालदेखि पार्कले महानगरलाई बहाल कर बुझाएको छैन । फनपार्कले अन्य व्यवसाय कर भने वडामा बुझाउनु पर्नेछ।

 

 

Logo