सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।
तानसेन–बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो झरेको र राजमार्गनै भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । उनकाअनुसार अहिले राजमार्ग पूर्णरूपमा बन्द छ ।
बिहिबार दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । वैकल्पिक सडक निर्माण गरिएको थियो । केही समय एकतर्फी सुचारु भएपनि अविरल वर्षाका कारण फेरि पहिरो झरेको छ । भने राजमार्गसमेत भासिएको छ । पानी परिरहेएकाले पहिरो पन्छाउन समस्या भइरहेको थापाले बताए। कतिबेला सुचारु हुन्छ भन्नेबारे यकिन छैन । कयौं सवारी साधन रोकिएका छन् । टाढा टाढा पुग्ने सयौं यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।































प्रतिक्रिया