कोरोना संक्रमितलाई लगाइने खोप स्वास्थ्यकर्मीबाटै कालोबजारी, आरोपित दुई जना पक्राउ

कोरोना संक्रमितलाई लगाइने खोप स्वास्थ्यकर्मीबाटै कालोबजारी, आरोपित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप) को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई पक्राउ गरेको छ। वीरगन्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारी र भारत रक्सौलका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

अन्सारीलाई शनिबार राति नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको बयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको कुवँरले बताए । उनीहरुको साथबाट ९ भाइल रेम्डेशिभिर इन्जेक्सन पनि बरामद गरिएको जानकारी उनले बताए।

कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितका परिवारलाई साढे २८ देखि ३३ हजारसम्म मूल्यमा रेम्डेशिभिर इन्जेक्सन बेचेको सूचना छ, प्रहरी नायव उपरीक्षक कुवँरले भने, ‘त्यही सूचनाको आधारमा दुवैलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ। दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए।अन्नपूर्णबाट

Skip This
Skip This
Logo