चाहे त्यो ब्रेकफास्टपछि, दिउँसोको खानापछि, वा डिनरपछि नै किन नहोस्, खाना खाइसकेपछि हामी प्रायः घरको आरामदायी ओछ्यानको कल्पना गर्दछौं ।
विशेष गरी आराम गर्ने इच्छा खाजा वा खाना खाइ सकेपछि अलि बढि हुन्छ । यस्तो अवस्थामा धेरै पटक अफिसका मानिसहरु खाजा खाइसकेपछि हाई हावा मारेको देख्न सकिन्छ । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो केवल आलस्य हो वा यसको पछाडि कुनै कारण छ ?
ऊर्जा प्राप्त गर्नका लागि खाना खाइन्छ तर फुड मार्बल नामको कम्पनीले खाना खाएपछि निन्द्रा किन लाग्छ भन्ने प्रश्नको उत्तर जान्न अनुसन्धान गरेको थियो । जसमा उनीहरुले केही तथ्य पत्ता लगाएका छन्, जुन खाना खाएपछि सुस्ती र निन्द्राको लागि जिम्मेवार मानिएको छ ।
हार्मोनले महत्वपूर्ण भूमिका खेल्छ
पोषण विशेषज्ञ तथा वैज्ञानिक डा.क्लेयर शर्टका अनुसार खाना खाएपछि हाम्रो आन्द्रा र पूरै शरीरले काम गर्न थाल्छ । यसको कारण रगतमा चिनीको मात्रा कम हुन सक्छ किनभने उच्च चिनीयुक्त खाना खाएपछि हाम्रो रगतमा चिनीको मात्रा बढ्छ र चाँडै घट्न सुरु हुन्छ । जसले हाम्रो शरीरलाई थकान महसुस गराउछ । यसको पछाडि शरीरको हर्मोनले महत्वपूर्ण भूमिका खेल्छ ।
सेरोटोनिन अर्थात् फिल गुड हर्मोन खाना खाएपछि हाम्रो शरीरमा द्रुत गतिमा बढ्छ । जसका कारण निन्द्रा लाग्न सुरु हुन्छ । जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार खानापछिको सुस्ती हाम्रो शरीरको सेरोटोनिन हर्मोनसँग जोडिएको छ ।
यी चीजहरूले गहिरो निद्रा लगाउँछ
डा. सर्टका अनुसार ट्रिप्टोफ्यान नामक एमिनो एसिड हुने खानेकुरा खाँदा बढी निद्रा लाग्न सक्छ । दुधबाट बनेको पनीरमा ट्रिप्टोफान नामक एमिनो एसिड प्रचुर मात्रामा पाइन्छ । यसलाई खाँदा निन्द्रा बढी लाग्छ । एमिनो एसिड पानी, अण्डा, टोफु जस्ता उच्च प्रोटिनयुक्त खानेकुराहरूमा पाइन्छ । यसबाहेक मेलाटोनिनको मात्रा उच्च हुने चीजहरूले पनि निद्रा लाग्न सक्छ । यसबाहेक खानामा उच्च फाइबरयुक्त खाना समावेश गरेमा निद्रा लाग्ने सम्भावना कम हुने उनको भनाइ छ ।































प्रतिक्रिया