चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

घाइते भएका माइक्रो चालकसहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । 

नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

Skip This
Skip This
Logo