साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । बिहीबार १ दशमलव शून्य ८ अंकले घटेको बजार शुक्रबार पनि १ दशमलव ६७ अंकले घटेर १ हजार ९७० दशमलव ६२ विन्दुमा बन्द भएको हो ।
शुक्रबार २१९ वटा धितोपत्रको १८ लाख १ हजार कित्ता सेयर ६९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
शुक्रबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
शुक्रबार २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढि नेपाल दुरसञ्चार कम्पनीको १० करोड ४ लाखभन्दा बढीको सेयर कारोबार भयो ।





























प्रतिक्रिया