युनाइटेडका गोलकिपरले हजुरआमालाई समर्पित गरे लेस्टरविरुद्धको जित

युनाइटेडका गोलकिपरले हजुरआमालाई समर्पित गरे लेस्टरविरुद्धको जित

केन्द्रबिन्दु
0
Shares

बिहीबार राति म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लेस्टरलाई १–० गोलले हराएपछि डेभिड डे हेयाले आफ्नो दिवंगत हजुरआमालाई श्रद्धाञ्जली स्वरुप जित उपहार दिएका छन् । 

हिजो राति भएको खेलमा जाडोन सान्चोले पहिलो हाफमा गरेको गोलमा युनाइटेडले किंग पावर स्टेडियममा जित हात पारेको थियो । यो जितसँगै प्रिमियर लिगमा एरिक टेन ह्यागको टोली पाँचौं स्थानमा आएको छ । समुहको शिर्ष स्थानमा आर्सनल १५ अंकका साथ रहेको छ । युनाइटेडको अर्को खेल आइतबार आर्सनलसँग हुनेछ ।

रेड डेभिल्सले लिभरपुल र साउथह्याम्पटन विरुद्धको जितसँगै प्रिमियर लिगमा लगातार तीन खेल जितेको छ । डे हेयाले बिहीबार रातीको खेल अघि आफ्नो हजुरआमाको निधनको बारेमा सार्वजनिक रूपमा बोलेका थिएनन् । डे हेयाले इन्स्टाग्राम, फेसबुक र ट्विटरमा लेखेका छन् “यो बचाउ र विजय हजुरआमाको लागि हो, “तपाई जहाँ भए पनि मलाई उडिरहेको हेरिरहनुहोस् ।”

डेभिड डे हेयाको पोष्टपछि धेरै फुटबल खेलाडीहरुले उनलाई इन्स्टाग्राममा समर्थन गरेका छन् । जसमा वर्तमान टीमका साथीहरू अलेजान्ड्रो गार्नाचो, राफेल भारान र कासेमिरो लगाएत छन् । पूर्व युनाइटेड स्टार जुआन माटा र अन्तर्राष्ट्रिय सहकर्मी केपा एरिजाबालागाले पनि उनका हजुरआमा प्रति इन्स्टाग्राममा श्रद्धाञ्जली ब्यक्त गरेका छन् । 

Logo