काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने गरी भएका घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । कोभिड–१९ विरुद्धको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको भन्दै आफू र परिवारको जोखिम मोलेर काममा खटिने स्वास्थ्यकर्मीहरुप्रति सम्मान गर्नुपर्नेमा उनको जोड छ ।
त्यस्तै युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिख बीच आज राति प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समयअनुसार राति पौन १ बजे सुरु हुनेछ ।
विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण लकडाउन सकिएपछिको एक महिनामा तीव्र दरमा वृद्धि भएको छ । पछिल्लो समय मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै कम रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित अन्तर्राष्ट्रिय उडानको तयारी सुरु गरेका छन् । सरकारले भदौ १६ गतेदेखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्न दिने निर्णय गरेसँगै तयारी गरेका हुन् ।
कोरोना भाइरसले विश्व थलिएका बेला शक्ति राष्ट्रहरू भने खोप कुटनीतिमा लिप्त बनेका छन् । यो कुटनीतिक खेलमा रुस, अमेरिका, चीन भारत लगायत देश अग्रपंक्तिमा छन् । विशेष गरेर विकासोन्मुख तथा साना राष्ट्रमा शक्ति सम्पन्न राष्ट्रहरूको खोप कूटनीति बढ्दो छ । भारतले पनि दक्षिण एशियाका साना देशमा आफ्नो उपस्थिती बलियो देखाउँदै गएको छ । तर भारतको प्राथमिकतामा नेपाल भने परेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया