टानका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, कसले के बोले ?

टानका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, कसले के बोले ?

केन्द्रबिन्दु
0
Shares

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले पर्यटन बजारको बढवा र प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । 

शुक्रवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव अधिकारीले यस्तो बताएका हुन् । उनले पर्यटन व्यवसायीहरुलाई पर्यटन क्षेत्रमा हुने गतिविधिमा निजी क्षेत्रलाई बाहिर राखेर काम गर्छ भन्ने चिन्ता हटाउनुपर्ने बताए । 

सचिव अधिकारीले सरकारले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले लगानी,रोजगारी सिर्जना गर्ने ,पर्यटन गतिविधिहरु सञ्चालन गर्ने,बजारको बढवा र प्रचारप्रसार गर्ने काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्र बिना सरकारले मात्रै पर्यटन क्षेत्रको विकास गर्ने कल्पना गर्न नसक्ने बताए । 

सचिव अधिकारीले राष्ट्रिय अर्थतन्त्रमा ५५ प्रतिशत निजी क्षेत्रको योगदान रहेकोले ५५ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई बाहिर राखेर सरकार अगाडि बढ्न नसक्ने बताए । ‘पर्यटन व्यवसायीहरुलाई निजी क्षेत्रलाई सरकारले इग्नोर गर्ने हो की भन्ने लाग्न सक्छ । यसमा पर्यटन व्यवसायीहरु ढुक्क भए हुन्छ । सरकार भनेको नियमनकारी निकाय हो । लगानी,रोजगारी सिर्जना गर्ने ,पर्यटन गतिविधिहरु सञ्चालन गर्ने,बजारको बढवा र प्रचारप्रसार गर्ने काम निजी क्षेत्रले गर्ने हो ।’ उनले भने, ‘निजी क्षेत्र बिना सरकारले मात्रै पर्यटन क्षेत्रको विकास गर्ने कल्पना गरिँदैन । अहिले राष्ट्रिय अर्थतन्त्रमा ५५ प्रतिशत निजी क्षेत्रले गरेको छ । सरकारको भुमिका ४० प्रतिशत मात्रै हो । सरकार भन्दा अर्थतन्त्रमा निजी ठूलो छ । ५५ प्रतिशत योगदान गर्ने क्षेत्रलाई बाहिर राखेर सरकार अगाडि बढ्न सक्दैन ।’
 
त्यस्तै, टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बास्तोलाले ट्रेकिङ व्यवसायीहरुले दिएको मतलाई घात नगरी दुई वर्षमा बोलेका कुराहरु पूरा गर्ने प्रतिवद्धता जनाए । उनले टानलाई ट्रेकिङ व्यवसायीहरुले समय सापेक्ष अनुसारको टान चाहेकाले समय सापेक्ष अनुसारको टान बनाउन लागिपर्ने बताए । उनले टानलाई व्यवसायीहरुको चाहेको जस्तो टान बनाउनको लागि सबै व्यवसायीहरुको साथ चाहिने बताए । उनले अहिलेको नेतृत्व गफमा भन्दा पनि काममा विश्वास गर्ने भएकाले काम गरेर सबै ट्रेकिङ व्यवसायीहरु माझमा जाने बताए । 

अध्यक्ष बास्तोलाले निर्वाचनको बेलमा घोषणा गरिएका कार्यक्रमहरु मात्रै नभएर निर्वाचनमा उपविजेता भएकाहरुको घोषणा पत्रलाई समेत थप गरेर कार्यान्वयनमा लगिने बताए । ‘ट्रेकिङ व्यवसायीहरुले दिएको मतलाई घात नगरी दुई वर्षमा बोलेका कुराहरु पु-याउने छौं । समय सापेक्ष टानसँग अपेक्षा गरिएका विषयलाई सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले भने, ‘अहिले यो काम गर्छु त्यो काम गर्छु भनेर बोल्ने भन्दा पनि सबैसँगको सहकार्य गरेर बेटर टान बनाउन सकिन्छ । अहिलेको नेतृत्व गफमा भन्दा पनि काममा विश्वास गर्ने भएकाले काम गरेर सबै टे«किङ व्यवसायीहरु माझमा जानेछौं । निर्वाचनको बेलमा घोषणा गरिएका घोषणा पत्रका सबै योजनाहरु कार्यान्वयन गर्नेछु । यो मात्रै नभएर निर्वाचनमा उपविजेता भएका साथीहरुको घोषणा पत्रलाई समेत थप गरेर कार्यान्वयनमा लग्नेछु । टे«किङ व्यवसायीहरुको हक हीतका लागि जस्तोसुकै स्थानमा पनि आफू उभिन तयार छु ।’
 
अध्यक्ष बास्तोलाले ट्रेकिङ व्यवसायीहरुको हक, हितका लागि जस्तोसुकै स्थानमा पनि आफू उभिन तयार रहेको बताए । 
 

Logo