निमोनिया फोक्सोमा हुने संक्रमण रोग हो ।
यो रुघाखोकी बिग्रेर हुन्छ । प्रायः बच्चालाई मात्र हुने भनेर बुझिएता पनि यसले बुढेसकालसम्मैलाई दुःख दिन्छ । यो रोगबाट बच्न जाडो याममा निकै सावधान रहनुपर्छ । यो रोगका कारण धेरै बालबालिकाले ज्यान समेत गुमाएका छन् । तर अब यी सब बितेका कुरा भएका छन् । किनकी अब यसका लागि भ्याक्सिन आइसकेको छ । जुन ६–१० र १४ हप्ताका बच्चालाई लगाइनेछ ।
हैदराबादस्थित खोप निर्माता कम्पनी ‘बायोलजिकल ई लिमिटेड’ले बिहीबार घोषणा गरे अनुसार केन्द्रीय औषधि नियन्त्रण संगठनको विशेषज्ञ समितिले तेस्रो चरणका शिशुहरूका लागि क्लिनिकल परीक्षण डाटा समीक्षा र अनुमोदन गरेको छ ।
कम्पनीले यसको १४–भ्यालेन्ट पेडियाट्रिक सिफारिस गरेको छ । एकल–डोज र बहु–डोज खोपहरू निमोनिया संक्रमण विरुद्ध खोप बनाउन स्वीकृत गरिएको छ । कम्पनीले पीसिबी १४ को खोप ६, १० र १४ हप्ताका बच्चालाई दिन सकिने बताएका छन् ।
बायोलजिकल ई कम्पनीका अनुसार, ‘स्ट्रेप्टोकोकस निमोनिया संक्रमण भारत र विकासशील देशहरूका ६ वर्ष भन्दा कम उमेर भएका बालबालिका मृत्युको प्रमुख कारण बनेको छ ।’ पिसिबी–१४ खोपका साथ, बायोलजिकल ई आक्रामक न्यूमोकोकल रोगको रोकथाममा योगदान पु¥याउने र विश्वव्यापी रूपमा लाखौं बालबालिकाहरुलाई सो रोग लाग्नबाट बचाउने आशा कम्पनीले राखेको छ ।





























प्रतिक्रिया