नेपालले आज घरेलु टोली केन्याविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२ : ४५ बजे सुरु हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ ।
यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३(२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।





























प्रतिक्रिया