कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न भोलि दुई अध्यक्ष बीच भेटवार्ता हुने

कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न भोलि दुई अध्यक्ष बीच भेटवार्ता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलको प्रतिवेदनमाथि दुई अध्यक्ष बीच छलफल हुने भएको छ । सोमबार बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने भएको हो ।

भोलि बिहान साढे ९ बजेका लागि बैठक तय भएको प्रधानमन्त्री निकट स्रोतले केन्द्रबिन्दुलाई जानकारी दियो । नेकपाभित्र पछिल्लो समय विवाद देखा परेको छ ।

उक्त विवादलाई साम्य पार्न गत साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य थिए । कार्यदलले ९ दिन लामो छलफलपछि शनिबार प्रतिवेदन बुझाएको थियो ।

Logo