पछिल्लो २४ घण्टामा मुलुकमा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको परीक्षणमा २०० जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट ९२ जना र एन्टिजेन परीक्षणबाट १०८ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ ।





























प्रतिक्रिया