बलिउडका यी कलाकारहरुले आफ्नो शुल्क घटाए

बलिउडका यी कलाकारहरुले आफ्नो शुल्क घटाए

केन्द्रबिन्दु
0
Shares

बलिउड कलाकारहरु आफुले खेल्ने फिल्मका लागि ठुलो रकम लिने गर्छन् । 

यद्यपि, कहिलेकाही उनीहरूले आफ्नो शुल्क घटाउएको सुनिन्छ । उदाहरणका लागि बलिउडका धेरै कलाकारहरुले कोरोनालाई ध्यानमा राखेर शुल्क घटाएका थिए । यस्तै हालै धेरै बलिउड कलाकारहरुले आफ्नो शुल्क घटाएका छन् । आउनुहोस् हेरौं को–को बलिउड कलाकारहरु यो लिस्टमा परे । 
 

१. अक्षय कुमार र टाइगर श्राफ

बडे मियाँ छोटे मियाँमा अक्षय कुमार र टाइगर श्राफ मुख्य भूमिकामा देखिनेछन् । रिपोर्टका अनुसार अक्षयले यस फिल्मको लागि आफ्नो पारिश्रमिक घटाएका छन् । निर्माताको आग्रहमा उनले आफ्नो पारिश्रमिक घटाउन राजी भएक हुन् ।

टाइगर श्राफले आफ्नो पारिश्रमिकमा ५० प्रतिशत कटौती गरेका छन् । उनले ‘गणपत र बडे मियाँ छोटे मिया’का लागि यो निर्णय लिएका हुन् । बलिउड हंगामाको रिपोर्टका अनुसार निर्मातालाई ठूलो रकम तिर्नु अहिले घाटाको सौदा जस्तो देखिन्छ । टाइगरले पनि फिल्म साइन गर्ने गतिलाई सुस्त बनाएका छन् । 
२. शाहिद कपुर 

शाहिद कपुरले जर्सीका लागि ३१ करोड भारु लिए तर उनले फिल्मलाई हलमा रिलिज गर्न सहयोग गर्ने निर्णय गर्दै ८ करोड कटौती गरेका थिए । उनको फिल्म जर्सी नराम्रोसँग फ्लप भएको थियो ।

३. रणवीर सिंह

बलिउड हंगामाको रिपोर्ट अनुसार ‘८३’ फिल्मको खराब प्रदर्शनपछि रणवीर सिंहले आफ्नो पारिश्रमिकको एक हिस्सा फिर्ता गर्ने निर्णय गरेको बताइएको छ । रणवीरले ठूलो बजेटको ‘८३’ फिल्मलाई सजिलो बनाउन यसो गरेका थिए ।

४. सलमान खान

डिसेम्बर २०२१ मा सलमान खानले आफ्ना नजिकका साथी र निर्माता साजिद नाडियाडवालाको शुल्क १५ प्रतिशतले घटाएको खबर आएको थियो । उनले कोरोनाको समयलाई ध्यानमा राख्दै यो निर्णय गरेका हुन् । सलमानले सो समय साजिदसँग १५० करोडको सट्टा १२५ करोडमा मात्र फिल्म गर्न राजी भएका थिए ।

Skip This
Skip This
Logo