सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुन्छ : राज्यमन्त्री श्रेष्ठ

सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुन्छ : राज्यमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताएका छन् । 

राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताएको हो । उनले स्थानीय, प्रदेश र संघबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीयसरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताए । 

उनले स्थानीयसरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए । राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुित हुनेगरी गर्न प्राथमिकता दिइनुपर्ने बताए ।  ‘जति स्थानीय सरकारलाई अधिकार दियो त्यति प्रगति हुन्छ भन्ने मूल्य र मान्यता, यसको विश्वास सरकारले लिएको छ । बिस्तारै बिस्तारै स्थानीय सरकारलाई अधिकार नदिइकन, जुनजुन अधिकार छ संविधानमा तोकिएको त्यो अधिकार स्थानीय सरकारलाई दिनैपर्छ । 

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ । सातै प्रदेशमा स्थानीय तहका साथीहरुले पनि जनताको सोच, जनताले भनेको कुराहरु गर्नुपर्छ । जनतालाई अनुभुत हुने कुराहरु, जनताले देख्ने कुराहरु बाटो, बिजुली, शिक्षा, स्वास्थ्य, ढल प्रत्यक्ष देखिने चिजहरु यसलाई पहिलो प्राथमिकता दिएर जानुपर्छ ।’

Logo