प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा पुगेर सेनाध्याक्ष पाण्डेले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । 

पाँच दिने भ्रमणका क्रममा पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् । त्यसअघि उनले प्रधान सेनापति शर्मासँग पनि भेटवार्ता गरिसकेका छन् ।

जनरल पाँडेले आज बिहान माउण्टेन फ्लाइट गरेका थिए। त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल हासिल गरेका नेपाली सेनाले जनाएको छ। 

Skip This
Skip This
Logo