यी ५ खानेकुरा जसले घुँडाको दुखाइलाई निको पार्छ

यी ५ खानेकुरा जसले घुँडाको दुखाइलाई निको पार्छ

केन्द्रबिन्दु
0
Shares

हामीले खाने कुराको मात्रा मिलाउन सक्यौँ भने धेरै रोगबाट छुटकारा पाउन सक्छौँ ।

खाने कुराको असर यतिसम्म हुन्छ कि त्यसले रोग निम्त्याउनुका साथै रोग निको बनाउन मद्दत पनि गर्छ । धेरै खाने कुराहरूले हाम्रो शरीरमा लागेका रोगहरू निको पार्न मद्दत गरिरहेको हुन्छ । खाने कुराहरूले निको पार्ने रोग मध्येको एक हो घुँडा दुखाई । 

रोग व्यवस्थापन गर्नुपर्ने दुखाइमध्ये एक घुँडा दुखाइ हो । किनभने तपाईँ उभिनुभएको छ या, बसिरहनु भएको छ जे गर्दा नि घुँडामा चाप परिरहेको हुन्छ । चाहे तपाईँ हिँड्दै हुनुहुन्छ, सिँढी चढ्दै हुनुहुन्छ, बाइकिङ गर्दै हुनुहुन्छ, या आराम गर्न खोज्दै हुनुहुन्छ भने पनि त्यहाँ तपाईँको घुँडामा चाप परिनै रहेको हुन्छ । 

त्यसैले तपाँइको घुँडामा हुने कुनै पनि दुखाइले तपाईँको सम्पूर्ण दिनलाई पूर्ण रूपमा असर गर्न सक्छ । तर यस्ता खाने कुराहरू छन् जुन खानेकुराले घुँडाको दुखाई कम गर्नुका साथै निको बनाउन समेत मद्दत गर्छ । 

के–के हुन् तिखानेकुराहरु ?

१) रातो खुर्सानी

रातो खुर्सानीमा भिटामिन सी भरिपूर्ण हुन्छ । भिटामिन सिले तपाईँको शरीरलाई कोलाजेन बनाउन मद्दत गर्छ, जुन तपाईँको कार्टिलेज, टेन्डन र लिगामेन्टहरूको भाग हो । यसले तपाईँको जोर्नीहरूलाई समेट्छ र तिनीहरूलाई एकसाथ समातेर राख्छ ।

२) बेसार

खानामा प्रयोग हुने एक प्रमुख खाना हो बेसार । यसमा कक्रिउमिन नामक रसायन प्रचुर मात्रामा पाइन्छ । एउटा अध्ययनले पत्ता लगायो कक्रिउमिन एक्स्ट्र्याक्टले घुँडा दुख्ने र दुखाई कम गर्न आइबुप्रोफेनको पनि काम गर्छ ।

३) ओखर

ओखरमा धेरै पोषक तत्त्वहरू छन् । जसले ओमेगा–३ फ्याटी एसिडसहित दुखाईलाई प्रतिरोध गर्दछ । 

४) लसुन

वास्तवमा लसुनमा एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् । जस मध्ये घुँडा दुखाइका बिरामीहरूको लागि अति उपयोगी हुन्छ । लसुन एक उपयोगी, प्राकृतिक पीडा–मुक्त गर्ने स्रोत हो ।

५) काउली-बन्दा

काउली बन्दाले जोर्नीहरूमा सुन्निने इन्जाइमलाई रोक्नको लागि मद्दत गर्छ ।

Logo