नेपालको अग्रणी अनलाइन बजार दराजले दराज महोत्सव’ आयोजना गर्ने भएको छ ।
ग्राहकहरूसँग सम्बन्ध प्रगाढ बनाउनका लागि भदौ २५ गते काठमाडौँको भृकुटीमण्डप गार्डेनमा महोत्सव आयोजना गर्न लागिएको हो । दराज महोत्सवमा सांगीतिक कार्यक्रम, अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।
दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले ग्राहकलाई प्राथमिकतामा राखेर दराज महोत्सव आयोजना गर्न लागिएको भन्दै यो महोत्सव एउटा पारिवारिक कार्यक्रम हुने बताइन् । ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौँ र यो महोत्सव पनि अपवाद छैन । दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस भन्ने हाम्रो सुरुदेखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरि विभिन्न गतिविधिहरु समेट्ने प्रयास गरेको छ । धेरै भन्दा धेरै ग्राहकहरुको उपस्थितीको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौँ।’ उनले भनिन् ।
कम्पनीका अनुसार दराज महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।





























प्रतिक्रिया