३१ हजार वर्ष पहिले नै मानिसहरु सर्जरी गर्थे ! !

३१ हजार वर्ष पहिले नै मानिसहरु सर्जरी गर्थे ! !

केन्द्रबिन्दु
0
Shares

आधुनिक युगमा चिकित्सा विज्ञानले धेरै प्रगति गरिसकेको छ । 

तर यदि यो प्रगति पछिल्ला शताब्दी देखि नै हुदै आएको हो भन्ने सोच्नुहुन्छ भने, तपाइँ गलत हुनहुन्छ । भर्खरै गरिएको एउटा नयाँ अनुसन्धानले ढुङ्गे युगका मानिसहरूलाई चिकित्सा विज्ञानको ज्ञान भएको पाइएको छ । पुरातत्वविद्हरूले इन्डोनेसियाको एउटा गुफामा एउटा कंकाल फेला पारेका छन् जसले चिकित्सा विज्ञानको इतिहास नै परिवर्तन गर्न सक्छ । रेडियो कार्बन डेटिङबाट वैज्ञानिकहरूले अनुमान गरेका छन् कि यो कंकाल ३१,००० हजार वर्ष पहिले पूर्वी कालीमन्तन प्रान्तको लियाङ टेबो गुफामा गाडिएको थियो ।

पुरातत्वविद्हरूले यो कंकाल महिलाको हो कि पुरुषको हो थाहा पाइसकेका छैनन । तर अनुसन्धानकर्ताहरूले यो कंकालको खोजका क्रममा एउटा अचम्मको कुरा पत्ता लगाएका छन् । नेचर जर्नलमा प्रकाशित एक शोधका अनुसार यो कंकालको देब्रे खुट्टा नभएको पत्ता लगाएका छन् । पुरातत्वविद्हरूका अनुसार किशोरावस्था भन्दा पहिले नै भेटिएको कंकालको खुट्टा अत्यन्त सावधानी र सफाईका साथ काटिएको थियो । रेडियो कार्बन डेटिङमा उनको १९ देखि २१ वर्षको उमेरमा अज्ञात कारणले मृत्यु भएको थियो ।

सन् २०२० मा पनि अष्ट्रेलिया र इन्डोनेसियाका पुरातत्वविद्हरूले एउटा पूर्ण कंकाल फेला पारेका थिए । जसमा शल्यक्रियासम्बन्धी कौशलता प्रकट भएको थियो । १० हजार वर्ष अघि मानिसहरुलाई खेतीपाती र स्थायी बस्तीमा बसोबास गर्नु बाहेक चिकित्सा वा अप्ठ्यारो शल्यक्रियाको ज्ञान नभएको विज्ञहरूको विश्वास थियो । यो खोज हुनु अघि, अंग विच्छेदनसँग सम्बन्धित सबैभन्दा पुरानो कंकाल  ७ हजार वर्ष पुरानो भेटिएको थियो ।

ग्रिफिथ युनिभर्सिटीका अनुसन्धानकर्ता टिम मालोनीले १०० वर्षअघि मात्रै पश्चिममा शल्यक्रिया गरेर अंग काट्ने चलन भएको बताए । यसअघि अंग काट्दा अत्यधिक रक्तश्राव, संक्रमण लागेर मानिसको मृत्यु हुने गरेको थियो । इन्डोनेसियामा भेटिएको कंकालको खुट्टा हजारौं वर्षअघि बाल्यकालकै समयमा काटिएको अनुसन्धानकर्ताहरुले जनाएका छन । यति हुँदाहुँदै पनि ती व्यक्ति ६ देखि ९ वर्षसम्म बाँचेको देखिन्छ । 

Skip This
Skip This
Logo