तार बिना बिजुलीको प्रसारण

तार बिना बिजुलीको प्रसारण

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाको सेजोङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले इन्फ्रारेड प्रकाशको प्रयोग गरेर तार बिना ३० मिटरको दूरीसम्म विद्युत प्रसारण गर्न सफल भएका छन् । 

वायरलेस लेजर चार्जिङ प्रणाली परीक्षणको क्रममा, अनुसन्धानकर्ताले सुरक्षित रूपमा ४०० मेगावाट विजुली एलईडी बत्तीमा पठाएका थिए । रिपोर्टका अनुसार यो प्रविधि स्मार्ट घर र ठूला व्यापारिक किनमेल केन्द्रहरूमा प्रयोग गर्न सकिन्छ ।

यो अध्ययन जेओङहाको नेतृत्वमा गरिएको थियो । तारको प्रयोग खतरनाक भएकाले विद्युत आपूर्ति नहुने ठाउँमा यो प्रविधिको प्रयोग गर्न सकिने उनको भनाइ छ । यस अनुसन्धानको निष्कर्ष ‘अप्टिक्स एक्सप्रेस’ जर्नलमा प्रकाशित भएको हो ।

अनुसन्धानकर्ताले यो प्रणाली विकास गर्न ट्रान्समिटर र रिसीभर प्रयोग गरेका थिए । यसको उद्देश्य उपकरसँग सम्बन्धित जोखिमहरू कम गर्नु हो । यसले आँखा र छालामा पनि कुनै प्रतिकूल असर गर्दैन । प्रयोगात्मक परीक्षणको क्रममा, ट्रान्समिटरले ४०० मेगावाटको अप्टिकल पावर ३० मिटरसम्म प्रसारण गरेको थियो । 

Logo