कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका -६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबार मात्र जानकारी प्राप्त भएको बताएका छन् । सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको थियो ।
यसअघि धनगढी उपमहानगरपालिका -१२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।





























प्रतिक्रिया